नियम १३
समितिको काम, कर्तव्य र अधिकार
ऐन वा यस नियमावली बमोजिम समितिलाई तोकिएको काम, कर्तव्य र अधिकारको अतिरिक्त समितिको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–
(क) निर्माण व्यवसायीको आचार संहिता तयार गरी स्वीकृतिको लागि परिषद् समक्ष पेश गर्ने र परिषद्बाट स्वीकृत भएपछि कार्यान्वयन गर्ने गराउने,
(ख) निर्माण व्यवसाय प्रवद्र्धन तथा विकासको लागि तथा निर्माण व्यवसायीको हितको लागि अपनाउनु पर्ने तत्कालिन, अल्पकालिन तथा दीर्घकालिन उपायको पहिचान गरी सो सम्बन्धमा अवलम्बन गरिनु पर्ने नीतिका सम्बन्धमा सुझाव सहितको सिफारिस परिषद् समक्ष पेश गर्ने,(ग) इजाजतपत्र खारेजी सम्बन्धी आवश्यक कार्यविधि निर्धारण गर्ने ।